‘अगस्त्य का लागी सकारात्मक छु’- मलिका महत


नायिका मलिका महतले केहि समय अगाडी एक अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन्। संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा तयार हुने चलचित्रको सुटिङ्ग फागुन बाट जाने तयारीमा रहेको छ। लामै समय लगाएर मलिकाले यो चलचित्र साइन गरेकी थिइन् ।

यो लगत्तै मलिकाले अर्को चलचित्रका लागि सम्झौता गरेको चर्चा यतिबेला चलचित्र बजारमा रहेको छ । सौरभ चौधरीको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘अगस्त्य’ का लागी मलिका लिड हिरोइनको रुपमा अनुबन्धित भएको चर्चा रहेको छ। यो चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन्।
चलचित्रमा अनुबन्धित भएको बिषयमा मलिका खुलेर बोल्न भने चाहिनन्। उनि भन्छिन्, ‘निर्माण टिमसंग कुराकानी भैरहेको छ । हामि दुवै चलचित्रका लागि सकारात्मक रहेका छौ। बाँकी खबर चाडै नै थाह हुनेछ। ‘

प्रतिक्रिया दिनुहोस्