‘सिड्नी’ को यात्रामा रिमा र सविन


चलचित्र ‘सिड्नी’ को औपचारिक घोषणा भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले रिमा विश्वकर्मा र सविन श्रेष्ठ मुख्य भूमिकामा रहने गरि चलचित्रको घोषणा गरिएको हो। ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको सुटिङ्ग बैशाखबाट सुरु गर्ने योजना निर्माण टिमको रहेको छ।

चलचित्रको ८० प्रतिशत सुटिङ्ग सिड्नीमा गरिनेछ। नेपाल देखि अष्ट्रेलियासम्मको कथा बोल्ने चलचित्रका अन्य कलाकारको छनोट हुन् बाँकि रहेको छ।


अम्बर रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली रहेका छन् । एक्सन थ्रिलर जनरामा चलचित्र निर्माण हुनेछ। सविन र रिमा पहिलोपटक चलचित्रमा संगै देखिदैछन्।

प्रतिक्रिया दिनुहोस्