A vertical shot of the black cat in the dark darkness

‘भगवत गीत’ मा विपिन कार्की, माघ २० बाट सुटिङ्ग


अभिनेता विपिन कार्की चलचित्र ‘भगवत् गीता’ मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी र विपिन बीच चलचित्रलाई लिएर सम्झौता भैसकेको छ। अव चलचित्रको मुख्य लाइनअप पुरा भएको छ।

चलचित्रमा धिरज मगर, सुहाना थापा र विपीन मुख्य भूमिकामा रहनेछन्। झरना थापाको निर्देशनमा तयार हुने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहनेछ। जनकपुर र मनाङ्ग आसपासमा खिचिने चलचित्रको सुटिङ्ग माघ २० गतेबाट हुनेछ। चलचित्रलाई बैशाख १ गतेबाट रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

अहिलेसम्म सोहि मितिलाई रिलिज लक गरेर निर्माण टिम फ्लोअरमा जानेछ। सुटिङ्गको क्रममा चलचित्रको रिलिज मिति फेरबदल हुनसक्ने चर्चा रहेको छ।

प्रतिक्रिया दिनुहोस्