A vertical shot of the black cat in the dark darkness

एमाले अध्यक्ष केपी ओलीले दिए राजेशलाई महानायक सम्मान


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन्। शनिबार भक्तपुरमा भव्य रुपमा आयोजित चौथो एपिक म्युजिक भिडियो अवार्ड कार्यक्रममा ओलीले हमाललाई उक्त सम्मान प्रदान गरेका हुन्।

ओलीले अभिनेता हमालको प्रशंसा गर्दै उक्त सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा हमाल पत्नी मधु भट्टराई सहित पुगेका थिए। नेवारी भेषभुषामा सजिएर पुगेका हमाल दम्पतिलाई नेपाली बाजा सहित स्वागत गरिएको थियो।

उक्त कार्यक्रममा अभिनेत्रीहरु बसुन्धरा भुषाल , गौरी मल्ल, नायक आकाश श्रेष्ठ, कलाकार सागर लम्साल, गायक दुर्गेश थापा लगायत दर्जन बढी कलाकारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्