A vertical shot of the black cat in the dark darkness

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड, अमेरिकी र भारतीय अभिनेत्रीलाई पछि पारिन्


अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। उनले छोटो चलचित्र ‘ब्लड मनि’ मार्फत ‘टाइटान फिल्म फेस्टिभल’ मा वर्ष कै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्।

अस्ट्रेलियाको प्रतिष्ठित फेस्टिभलमा ऋचाले उक्त अवार्ड जित्न सफल भएकी हुन्। उक्त चलचित्रमा ऋचाले वैदेशिक रोजगारमा गएका एक युवकको पत्नीको भूमिका निर्वाह गरेकी छन् ।

ऋचाले अवार्डको अन्तिम प्रतिस्पर्धामा इजरायलकी शिरा फरबर, अमेरिकाकी केटी ओ’निल र भारतकी तनिष्ठा चटर्जीलाई पछाडी पार्दै पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकी हुन् । यो वर्ष सय भन्दा बढी चलचित्र प्रतिस्पर्धामा रहेका थिए ।
हाल अस्ट्रेलियामा रहेकी ऋचा अवार्ड सहित बुधबार नेपाल फर्कदैछिन् ।

प्रतिक्रिया दिनुहोस्