‘गुलाबी’ पोष्टरमा नाजिर हुसैनको मोहित बनाउने लुक्स


अभिनय कलाले सवैलाई मोहित बनाउन सक्ने कला भएका कलाकार हुन् , नाजिर हुसैन। पहिलो चलचित्र देखि नै आफुले पाएको चलचित्रलाई सार्थक बनाउन सक्ने छवि उनले बनाएका छन्। उनै नाजिर यतिबेला गुलाबी बनेका छन्। पारालैंगिक कथामा निर्माण भएको चलचित्र ‘गुलावी’ को फस्ट लुक्स निर्माण टिमले सार्वजनिक गरेको छ।

सार्वजनिक पोष्टरमा नाजिरको लुक्स आकर्षक र भिन्न देखिएको छ। पोस्टरबाट उनले निर्वाह गरेको पात्र र त्यसको गाम्भीर्यता स्पष्ट देखिएको छ। घटेको तौल अनि पात्रमाथिको न्याय पोष्टरमा प्रष्ट देखिन्छ। समुन्द्र भट्टको निर्देशनमा चलचित्र तयार भएको हो। चलचित्रमा संचिता लुइँटेल, सुशील श्रेष्ठ, विशाल पहारी, अनुपम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्