मलिका महता लिएर लक्ष्मणको निर्देशनमा ‘सतीदेवी’


लक्ष्मण सुवेदीको निर्देशनमा बन्ने नयाँ चलचित्रको नाम ‘सती देवी’ राखिएको छ। माघ १० गते चलचित्र विकास बोर्डमा उनले चलचित्रको नाम दर्ता गर्दै निर्माण इजाजत लिएका छन्। चलचित्रमा नायिका मलिका महत शिर्ष भूमिकामा रहेकी छिन्। केहि समय अगाडी निर्माण टिम र मलिका विच सम्झौता भएको थियो।

चलचित्रको कथावस्तु निकै मन परेको मलिकाले प्रतिक्रिया दिएकी थिइन्। फागुन तेश्रो साता बाट सुटिङ्ग सुरुवात हुने चलचित्रमा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको अभिनय रहनेछ । चलचित्रमा अर्की एक नायिका रहनेछिन्। दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा चलचित्र बन्न लागेको हो। संचारकर्मी सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा गीतकार पनि उनी नै हुन् ।

प्रतिक्रिया दिनुहोस्