‘ह्यारी कि प्यारी’ गीतमा बोल्ड साम्राज्ञी


माघ २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को नयाँ गीत सार्वजनिक भएको छ। युट्युव मार्फत शनिबार सार्वजनिक गरिएको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाहलाई बोल्ड रुपमा प्रस्तुत गरिएको छ। ‘दम दम’ बोलको क्लब गीतमा थोम्स एन्ड्रियूजको स्वर र युग भुषालको शब्द तथा संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा साम्राज्ञीसंग आरए सुरज पौडेल नाचेका छन्। बिआर प्रोडक्सनकको प्रस्तुतिमा तयार भएको चलचित्रलाई डा कपिल रिजालले निर्देशन गरेका छन्। चलचित्रमा साम्राज्ञी शाह, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरि, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदिप बरालले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। चलचित्रको कथा निर्देशक रिजालको नै रहेको छ भने पटकथा, संवाद लेखनमा सुदिप बराल, अभिमन्यु निरावी, गिरिराज घिमिरे र निर्देशक रिजालले सहकार्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्