पशुपति प्रसाद: सातबर्षपछी सेलिब्रेसन गर्दै भष्मे डन घोषणा


२०७३ सालमा रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ व्यावसयिक र समीक्षात्मक हिसावले सफल बन्यो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा खगेन्द्र लामिछाने, विपिन कार्की, बर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको थियो। यी तिनै कलाकारको करियरका लागी यो चलचित्र निकै फलदायी सावित भएको थियो। यहि चलचित्रको पात्र ‘भष्मे डन’ मार्फत विपिनले आफ्नो नयाँ परिचय बनाए। यहि चलचित्रको रिलिजको ७ बर्ष र सफलताको सेलिब्रेसन गरियो। काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको सफलताको केक काट्दै यसको चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २: भष्मे डन’ को घोषणा गरिएको छ। चलचित्रको टिम र कलाकारको लाइनअपसंगै रिलिज मिति समेत घोषणा गरिएको छ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहने चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गर्नेछन्। विपिन कार्की टाइटलको केन्द्रिय पात्रमा देखिनेछन् भने सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ। चलचित्रको रिलिज मिति आगामी दशैँको फुलपातीलाई तोकिएको छ। टुकी आर्ट्सको व्यानरमा निर्माण हुने चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज/सुभाष भुषालको संगीत रहने छ।

प्रतिक्रिया दिनुहोस्