एकअर्काको तारिफमा शब्द कोर्दै दिपक र सन्तोष


हिट चलचित्रम मेकर सन्तोष शेन र दिपकराज गिरिको भेटले यतिबेला नेपाली चलचित्र बजारमा कौतुहलता थपेको छ। कहिले तिक्तता त कहिले मित्रता देखिने यी दुवै मिलेर चलचित्र निर्माण गर्ने चर्चा चलेको छ। प्रेमगीत ३ को बेलामा दुई धुर्वमा बाडिएको नेपाली चलचित्र क्षेत्रको भिडमा दिपकराज गिरि सन्तोष शेनको टीमको एन्टी नजरमा परेका थिए। त्यो समय यस्तो थियो कसैले सुझाव दिए मात्र पनि यो टिम उनीहरु माथि प्रतिकारमा उत्रन्थ्यो।

यिनै दुवैले भेटको तस्विर सहित एकअर्काको तारिफमा शब्द खर्चन भ्याएका छन्। सन्तोषले आफ्नो समाजिक संजालमा दिपकसंगको तस्विर राख्दै लेख्छन् : ‘समाजको घटना परिघटनालाई टपक्क टिपेर सानो समाज निर्माण गरी हामी र हाम्रो वरिपरीको व्यवस्था महसुस गराएर आम दर्शकलाई हिट् गर्न सफल व्यक्तित्व अनी कला,मनोरंजन संगै चलचित्रलाई व्यापारिक बनाउन खप्पिस् दीपक दाई संग चलचित्र योजना र संगठित हुदाको प्रतिफल र दर्शकलाई कला मार्फ़त दिन सकिने योगदानको विषय मा गहिरो छलफल गरियो है। ‘

दिपकले पनि सन्तोषको प्रशंसा गर्दै ,’चलचित्र लाइ कसरी मार्केटिंग गर्ने ? कसरी ब्रान्डिगं गर्ने भनेर सबैले तपाइ बाट सिक्नु पर्नेछ चलचित्र निर्माणमा समर्पित भएर लाग्ने स्वभाव … तपाइको शब्द तपाइको सौहार्दता का लागि धन्यबाद ब्रदर!
जय नेपाली सिनेमा !’ लेखेका छन्।

चलचित्र बनाउन र चलाउन सिपालु दुई टीमको भेटले चाडै नै चलचित्र क्षेत्रमा नयाँ खबर बाहिरिने चर्चा चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्