‘महापुरुष’ टिमले बहिष्कार गर्यो चलचित्र विकास बोर्डको दुबई फेस्टिभल


चलचित्र विकास बोर्डका पछिल्ला गतिबिधि निकै विवादास्पद बन्दै गएका छन्। अभिनेता भुवन केसी बोर्ड अध्यक्ष बनेर आएपछि त झनै विवाद चुलिएका छन्। यहि बीचमा अर्को एउटा विवाद थपिएको छ। दुवईमा आयोजना हुन् लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ को कारण विकास बोर्ड यतिबेला विवादमा तानिएको छ। विवादित निजि कम्पनी सुर्य कर्पोरेसन्ससंग सहकार्य गरेर चलचित्र विकास बोर्डले फेव्रुअरी १२ देखि १५ सम्म दुवईमा उकास्त सिनेमा फेष्ट आयोजना गर्न लागेको हो। यो कम्पनी केहि समय अगाडी बाट नै विवादमा रहदै आएको छ। विवादित कम्पनी संगको सहकार्यले अप्ठ्यारोमा परेको कार्यक्रम बहिष्कार नेपाली चलचित्र क्षेत्रका व्यक्तिले नै सुरु गरेका छन्। आयोजक टिमले निकालेको पोष्टरमा चलचित्र ‘महापुरुष’ को प्रदर्शनी भनेर उल्लेख गरिएको छ। तर चलचित्रको टीमले भने यसमा आपत्ति जनाएको छ। विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको र अनुमति बिना चलचित्रलाई समावेश गरिएको भन्दै चलचित्र निर्माण कम्पनी षट्कोण आर्ट्सले चलचित्रले उक्त फेस्टिभलमा सहभागिता नजनाउने घोषणा गरेको हो।

षट्कोण आर्ट्सको अफिसियल फेसबुक पेजमा निर्माण टिम लेख्छ,’ चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशन संग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नारा का साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामी संग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेको मा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नेपाली चलचित्र लाई विश्व बजारमा पुर्याउने विकास बोर्ड को चाहना स्वागत छ तर यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्म लाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै middle East मा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सर मा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला ! साथै विवादमा आएको कम्पनी संग सहकार्य गर्न बोर्ड लाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ !

  • षट्कोण आर्ट्स’
प्रतिक्रिया दिनुहोस्