म्युजिक भिडियोमा व्यस्त आकाश, तर हातमा छैन नयाँ चलचित्र


नायक आकाश श्रेष्ठले यतिबेला कुनै नयाँ चलचित्र साइन गरेको खबर बाहिरिएको छैन। पछिल्लो समय नेपाली चलचित्र निर्माताहरु एकपछी अर्को चलचित्र लिएर सुटिङ्गमा निक्सिएका छन्। केहि निस्कने तयारीमा छन्। हिरोको अभाव खड्किएको अवस्था छदैछ। चलचित्र अभिनेताको तानतान निर्माताहरु बीच चलिरहेको छ।

अनमोल केसी, प्रदिप खड्का, दयाहाङ्ग राई, विपिन कार्की देखि सौगात मल्ल सम्मले आफुलाई केहि समयका लागी प्याक गरिसकेका छन्। तर आकाश भने चलचित्रको सुरसार भन्दा म्युजिक भिडियो तिर नै बढी व्यस्त छन्। उनको एक चलचित्र’हिड्दा हिड्दै’ प्रदर्शनको पर्खाइमा रहेको छ। यो बर्ष मात्र उनि अभिनित दुई चलचित्र फ्लप बने। अब आकाशले आफ्नो चलचित्र करियरलाई कसरी अगाडी लाग्छन त्यो भने उनकै हातमा छ।

प्रतिक्रिया दिनुहोस्