‘भ्वाइस किड्स’ को कोचबाट बाहिरीए राजु लामा


गायन रियालिटी शोमा भ्वाइस अफ नेपालको चर्चा सधै रहने गर्दछ। भ्वाइस अफ नेपालको ४ सिजन सम्पन्न गर्ने निर्माण टीमले भ्वाइस किड्सको पहिलो सिजन सम्पन्न गरेको छ। निर्माण टीम यतिबेला दोश्रो सिजनको तयारीमा जुटेको छ। चाडै नै औपचारिक घोषणाको तयारिमा जुटेको भ्वाइस किड्सलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । सुशील नेपाल कार्यक्रमको निर्माता र होस्ट रहनेछन्।

पहिलो सिजनमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी भ्वाइस किड्सको कोचको रुपमा रहेका थिए। टीम प्रमोदले ट्रफी उचाल्न सफल भएको थियो। यो पटक पनि कोचको रुपमा प्रमोद, मिलन र प्रविशा दोहोरिने छन् भने राजु बाहिरिएका छन्। भ्वाइसको सेटमा निकै लोकप्रिय रहेका राजु समय व्यस्तताका कारण बाहिरिएको निर्माण टिमले जानकारी दिएको छ। उनको स्थानमा को रहने भन्ने जानकारी निर्माण टीमले दिएको छैन । एक अन्तर्वार्ताका क्रममा निर्देशक पौडेलले राजु समय व्यस्तताका कारण बाहिरिएको र नयाँ कोच चाडै सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्