A vertical shot of the black cat in the dark darkness

‘ह्रस्वदीर्घ’ बाट सलोन बाहिरिए आदर्श मिश्रा भित्रिए


निता ढुंगाना र हरिहर अधिकारीको महत्वाकांक्षी प्रोजेक्ट ‘ह्रस्वदीर्घ’ का कलाकार हेरफेर भएका छन्। लगातार भारतीय र नेपाली कलाकार अनुबन्धित गरिरहेको चलचित्रको टिमबाट सलोन बस्नेत बाहिरिएका छन्। होम प्रोडक्सनको ‘जय हो’ संग सेड्युल जुध्ने भएपछि सलोन चलचित्रबाट बाहिरिएका हुन्।

उनको स्थानमा कमेडियन आदर्श मिश्रा भित्रिएका छन्। आदर्शले मुम्बई बसेर चलचित्रको कार्यशाला गरिरहेका छन्। भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट फेब्रुअरी ६ देखि चलचित्रको सुटिङ्ग सुरुवात हुदैछ। चलचित्रको टिम यतिबेला भारतमा नै रहेको छ। निता ढुंगाना फिल्म्सको व्यानरमा बन्ने चलचित्रमा निता र हरिहर मुख्य भूमिकामा रहनेछन्। चन्द्र पन्तले निर्देशन गर्ने चलचित्रमा भारतीय कलाकार ब्रम्हानन्द, सुनिल बर्मा लगायत जोडिएका छन्। त्यस्तै चलचित्रमा नरेन खड्का पनि जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्