जनकपुरबाट सुरु भयो धिरज र सुहानाको ‘भगवत गीता’ सुटिङ्ग


झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘भगवत गीता’ को छायाँकन जनकपुरबाट सुरुवात भएको छ। जनकपुरको राममन्दिरमा चलचित्रका मुख्य दुई कलाकार धिरज मगर र सुहाना थापाका दृश्य कैद गर्दै सुटिङ्ग सुरुवात गरिएको हो । करिव २० दिनको जनकपुर सेड्युल रहने निर्माण टिमले जानकारी दिएको छ ।

जनकपुरमा पुजा गर्दै सुरुवात गरिएको चलचित्रमा धिरज र सुहानाको साथमा विपिन कार्की मुख्य भूमिकामा रहेका छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको निर्माता सुनिलकुमार थापा हुन्।

प्रतिक्रिया दिनुहोस्