के ‘एक्स ९’ मा अनमोलको स्थानमा प्रदिप भित्रिएका हुन् ?


चलचित्र ‘एक्स ९’ सधै चर्चामा रहेको चलचित्र हो । यही बर्षबाट नै निर्माणको चर्चामा रहेको चलचित्र कलाकारका कारण चर्चित रहेको छ । चलचित्रमा सौगात मल्ल, पुष्प खड्का , नीति शाह लगायतका चर्चित कलाकार रहेका छन् । चलचित्रको मुख्य भूमिकामा नायक अनमोल केसी रहेका थिए। चलचित्रको लागी अनमोलले जिममा मिहेनत गरेर आफ्नो ज्यान पनि बनाए। तर निर्धारित समयमा चलचित्र सुरु हुन नसक्दा उनले चलचित्रबाट हात झिके।

उनको स्थानमा प्रदिप खड्कालाई अफर गरिएको थियो। उनले सर्त सहित चलचित्रमा काम गर्न तयार भएको समेत बताइएको थियो। प्रदिप चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ। औपचारिक रुपमा निर्माण टिमले जानकारी नदिए पनि प्रदिप र निर्देशक मुकुन्द भट्टले संगै पुजा गरेको तस्विर बाहिरिएको छ । यसले प्रदीप चलचित्रमा अनुबन्धित भएको खबरलाई झन् बल दिएको छ। भारतको नासिक त्रयम्बकेश्वर मन्दीरमा दुवैले साथमा पुजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्