‘हुक्का’ को पोष्टरमा रोमान्टिक तेज र अंशु


चैत ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुक्का’ को पोष्टर सार्वजनिक भएको छ। ‘भ्यालेन्टाइन डे’को अवसरमा मंगलवार सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका प्रमुख कलाकार तेज गिरि र अंशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत भएका छन्। सिउँदोमा सिन्दुर र गलामा पोते लगाएकी अंशु तेजको अंगालोमा रोमान्टिक देखिएकी छिन्।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गरेर निर्माण गरेको चलचित्रमा प्रमिला खनाल, प्रकाश घिमिरे, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक, सन्तोष कुमार आत्रेय लगायतका कलाकारको अभिनय रहेको छ। कमलबहादुर भुजेल र किरण कुमार आत्रेय कार्यकारी निर्माता रहेको चलचित्रलाई पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्रीले निर्माण गरेका छन्। शम्भु थापाको निर्देशनमा निर्माण हुने चलचित्रमा कृष्णबहादुर थापाको छायांंकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्