‘छक्का पन्जा ४’ ट्रेलर: राजनीतिको वरिपरि घुमेको कथा


फागुन १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ। राजनैतिक परिवेश वरिपरि घुमेको चलचित्रको ट्रेलरमा दिपकराज गिरि हाबी देखिएका छन्।

चलचित्रका प्राय मुख्य कलाकार चलचित्रको ट्रेलरमा देख्न सकिन्छ। सहरिया राजनीति र दिपकराज गिरि जेल बाट निस्किएको सिनबाट चलचित्रमा दिपकराज गिरिको राजा चरित्र स्थापित गरिएको छ। चलचित्रमा बेनिशा हमाललाइ संचारकर्मीको रुपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा निर शाह, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ्ग, मलिना जोशी, निर शाह लगायतलाई स्थान दिईएको छ। आमा सरस्वती मुभिज र आईएमिको प्रस्तुती रहेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्