‘भगवत गीता’ जोडी धिरज र सुहाना !


निर्देशक झरना थापा यतिबेला आफ्नो नयाँ चलचित्र ‘भगवत गीता’ को सुटिङ्ग गरिरहेकी छिन्। जनकपुरमा चलचित्रको सुटिङ्ग धमाधम चलिरहेको छ। धिरज मगर र सुहाना थापाको जोडीलाई थापाले पहिलोपटक प्रस्तुत गरिरहेकी छिन्। सोहि चलचित्रको टीमले महाशिवरात्रीको अवसरमा केहि तस्विर सार्वजनिक गरेको छ।

सुहाना र धिरज प्रफुल्लित मुद्रामा देखिएका छन्। सुनिल कुमार थापा निर्माता रहेको चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा रहेका छन्।


बैशाख १ लाई रिलिज मिति तय गरेको चलचित्र यो समयमा आउन असम्भव प्राय देखिएको छ। अव चलचित्र भदौमा रिलिज हुने चर्चा सुरुवार भएको छ। यधपी निर्माण टीमले यसको जानकारी भने दिएको छैन।

प्रतिक्रिया दिनुहोस्