A vertical shot of the black cat in the dark darkness

पल भेटेर आएकी पूजा भन्छिन्, ‘उसको हरेक सुख दुखमा साथ छु ‘


पल शाह र पूजा शर्माको मित्रतानिकै प्रिय रहेको छ। लगातार २ चलचित्रमा सहकार्य गरेका पूजा र पल दर्शकले पनि रुचाएको जोडी हो। यतिबेला पल हिरासतमा रहेका छन्। हिरासतमा रहेका पलको पक्षमा बोल्दै पूजाले पल प्रतिको सद्भाव र प्रेम दर्शाइरहेकी छन्। पललाई भेट्न तनहु पूजा पुगिरहेकी हुन्छिन् र उनलाई हौसला प्रदान गरिरहेकी छिन्।

हिजो पल शाहको जन्मदिन परेको थियो। अघिल्लो बर्षको जन्मदिन पलसंगै मनाएकी पूजाले यो पटक पनि पलको जन्मदिन बिशेष नै बनाईदिईन्। काठमान्डौ बाट तनहु कारागार पुगेर पूजाले पलसंगै जन्मदिनको केक काटिन्। पूजासंग निर्देशक शोभित बस्नेत र पूजाका प्रेमी युद्ध बानियाँ संगै गएका थिए। पलको जन्मदिनमा पूजा र पललाई छुट्टै कोठामा सुरक्षा सहित भेट्ने व्यवस्था कारागार प्रशासनले गरिदिएको थियो। पूजा पलको हरेक समय साथ देखिदै आएकी छिन्। पलको सफलता, सुख संगै दुख र पिडामा पनि पूजाले साथ दिईरहेकी छिन्।

कस्तो रह्यो त पल शाहसंगको भेट र जन्मदिन ?

अभिनेत्री पूजा भन्छिन् ,’ पल र हामीलाई कारागार प्रशासनले छुट्टै कोठामा भेट्ने व्यवस्था गरिदिनुभएको थियो। सुरक्षाकर्मी सहितको त्यो भेटमा पल खुशी देखिएको थियो। हामिले केक काट्दै गर्दा पल निकै खुशी देखिएको थियो। रिहाइको पर्खाइमा रहेका पलका लागी केक काट्दै मैले अव हुने अदालतीय बहस सकारात्मक होस् भनेर कामना गरे। ‘

उनि अगाडी थप्छिन् ,’ पल मेरो नजिकको साथी हो। अघिल्लो बर्ष संगै जन्मदिन मनाउन पाएका थियौ। यो बर्ष पनि उसको जन्मदिनमा संगै केक काट्न र थोरै खुशी दिन कारागार पुगे। पलले परिवार, आमा बुबा र साथी भाईको बारेमा कुरा गरेको छ। ‘

प्रतिक्रिया दिनुहोस्