‘ज्याकी : आई एम ट्वान्टी वान’ मा धिरजको दोहोरो भूमिका


धिरज मगर र जसिता गुरुङ्ग मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को पोष्टर निर्माण टिमले सार्वजनिक गरेको छ । धिरज मगरलाई प्रस्तुत गरिएका सार्वजनिक पोष्टरमा उनको दोहोरो चरित्रलाई प्रस्तुत गरिएको छ । बैशाख २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा धिरजलाई डान्सर र ब्रिटिस आर्मीको पोशाकमा प्रस्तुत गरिएको छ ।

केहि समय अगाडी सार्वजनिक टिजरमा धिरजलाई डान्सरको रुपमा चित्रित गरिएको थियो । नेपालमा पहिलोपटक नृत्यको बिषय माथी निर्माण गरिएको चलचित्रको सुरुवाती प्रचार सामाग्रीमा धिरजलाई मात्र प्रस्तुत गरिदै आएको छ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमशेर जबार र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका छन् । रेनशा वान्तवा राईले निर्देशन गरेको चलचित्रको टिजर हलमा फागुन १९ गतेबाट रिलिजको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्