सम्भव सिरोइयाको तस्विरमा शृंखलाको पोज


पुर्व मिस नेपाल शृंखला खतिवडा मिस नेपालमा सहभागी भएदेखि नै चर्चामा रहेकी छिन् । सालिन, सुन्दर अनि तार्किक मिस नेपालको उपमा पाएकी खतिवडा सकारात्मक अभिव्यक्तिका कारण धेरैको मनमा बस्न सफल भईन् । मिस नेपाल पश्चात उनी सिसन बानियाँ संगको प्रेम प्रसंगले चर्चामा रहिन् । दुवैले लामो समय डेट गरे । खतिवडा यतिबेला हार्डवड युनिभर्सिटीमा आफ्नो अध्ययन अगाडी बढाईरहेकी छिन् । सिसन बानियाँसंगको ब्रेकअपको प्रसंग पनि खासै नयाँ रहेन । बेलाबखत सिसन आफ्नो सामाजिक संजालमा ब्रेकअप पछि नयाँ जीवन सुरुवात भएको आसयका पोष्ट गर्दै गरेका हुन्छन् ।

शृंखलाको नयाँ लभ लाईफको प्रसंगले पनि समाजिक संजाल बेलाबखतमा चर्चित रहने गर्दछ । सम्भवसिरोइया संगको प्रेम प्रसंगले उनि यतिबेला चर्चामा रहेकी छिन् । दुवैको प्रेमको सत्यता के हो त्यो यी दुवैलाई थाह होला । तर यतिबेला सम्भव र शृंखलाको एक तस्विर सामाजिक संजालमा भाइरल भैरहेको छ । सम्भवको तस्विरमा शृंखला मिररमा देखिएकी छिन् ।
यसले दुवैको प्रेम चर्चालाई थप बलियो बनाउदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्