पल शाहलाई सवै आरोपमा सफाई, भोली रिहा हुने


उच्च अदालत पोखराले पल शाहलाई सफाई दिएको छ । बाल यौन दुरुपयोगको अभियोगमा सजाय काटिरहेका शाहलईया दावी नपुग्ने भन्दै सफाई दिएको हो । न्यायधिस डिल्लीराज आचार्य र श्र्धरा कुमारी पुडासैनीको संयुक्त इजलासले उक्त निर्णय गरेको हो ।

पलले सवै अभियोगबाट सफाई पाएको र भोलि रिहा हुने उनका कानुन व्यवसायीले जानकारी दिएका छन्। शाहलाई जिल्ला अदालत नवलपरासी पुर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ बर्ष कैद र पिडितलाई १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

उक्त फैसला विरुद्ध सरकारी वकिल र पल दुवैले उच्च अदालतमा पुनरावेदन दिएका थिए । तनहु र नवलपरासी पुर्वमा उनलाई मुद्दा परेको थियो भने तनहुले यस अगाडी नै उनलाई सफाई दिईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्