पलले सफाई पाएपछि पूजा लेख्छिन्,’अब सबै कुरा सुन्दर भएर आयो’


उच्च अदालत पोखराले पल शाहलाई सफाई दिएको छ । बाल यौन दुरुपयोगको अभियोगमा सजाय काटिरहेका शाहलईया दावी नपुग्ने भन्दै सफाई दिएको हो । न्यायधिस डिल्लीराज आचार्य र श्र्धरा कुमारी पुडासैनीको संयुक्त इजलासले उक्त निर्णय गरेको हो । पलले सवै अभियोगबाट सफाई पाएको र भोलि रिहा हुने उनका कानुन व्यवसायीले जानकारी दिएका छन्।
पल शाहले सफाई पाएपछि अभिनेत्री पूजा शर्माले खुशी हुदै स्टाटस लेखेकी छिन् ।

केहि दिन अगाडी मात्रै पुजा पलको जन्मदिन मनाउन कारागार पुगेकी थिइन् । पूजा पल पक्राउ परेदेखि नै उनको साथ र सपोर्टमा बोलिरहेकी छिन् । पूजाले आफ्नो सामाजिक संजालमा लेख्छिन्, आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान’

प्रतिक्रिया दिनुहोस्