कारागार बाट बाहिरिदा पललाई फूलमाला सहित स्वागत


तनहु कारागार बाट पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले हिजो उनलाई सवै मुद्धाबाट सफाई दिएको थियो। प्रक्रिया पुर्याएर उनि आज जेल मुक्त भएका हुन्। गाएको बर्ष फागुन ११ गते उनलाई एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाउदै तनहुमा मुद्धा दायर गरेकी थिइन्।

४ दिन सम्म प्रहरीबाट लुकेका पल शाहले फागुन १५ गते प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए। आत्मसमर्पण गरेको ठ्याकै १ बर्ष पछि अर्थात फागुन १५ गते नै उनि जेल मुक्त भएका छन्।


पल शाहको स्वागतका लागी फ्यान, शुभचिन्तकको ठुलो भिड लागेको छ। उनलाई फुल माला र अविर सहित स्वागत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्