‘ज्याकी: आई एम ट्वान्टी वान’ टिजरमा सपनाको बाटो हिड्न धिरजको संघर्ष


रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार धिरज मगरको डान्सर बन्ने सपना र आर्मी बन्ने होड दुवैलाई प्रस्तुत गरिएको छ।

बैशाख २१ गतेलाई रिलिज मिति तय गरको चलचित्रमा सपना पुरा गर्न धिरजले गरेको संघर्ष र परिवारसंगको अदृश्य लडाईलाई प्रस्तुत गरिएको छ। प्रभु शमशेर राना र प्रज्ज्वल शमशेर रानाले निर्माण गरेको चलचित्रको टिजरमा धिरजको मिहेनत देखिएको छ। चलचित्रमा धिरजको साथमा जसिता गुरुङ्ग, अरुण क्षेत्री , लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्