अनमोलको स्वीकारोक्तिको बाट अन्य कलाकारले के सिक्लान् ?


नायक अनमोल केसीले करियारकै सबैभन्दा ठुलो असफलता भोगे। फागुन १९ गतेबाट रिलिज भएको चलचित्र ‘छड्के २’ उनको करियारै सबैभन्दा खराब चलचित्र बन्यो। महँगो ब्राण्ड भ्यालु भएका अनमोलले यो चलचित्रबाट ५० लाख बराबरको पारिश्रमिक लिएका थिए। आफुले गरिरहेका चलचित्र भन्दा बाहिरी जनरामा निस्किएर ग्याङ्गस्टार चलचित्रमा अनमोलको कोसिस सफल हुन् सकेन। इनिसियल व्यापारमा अब्बल मानिने अनमोलको यो चलचित्रको ग्रस कलेक्सन ३० लाख भन्दा माथि पुगेन। अन्य केहि चलचित्र पनि उनका हिट बन्न नसके पनि निर्माताले यस्तो बिजोगको अवस्था भोग्नु परेको थिएन।

चलचित्र असफल भएपछि अनमोलले आफ्नो समाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक लाई सम्बोधन गरेका छन्। पछिल्लो समय नेपाली चलचित्र इतिहासमा कुनै स्टार कलाकारले आफ्नो असफलतामा गरेको सम्बोधन पहिलो हो। अनमोलले आफ्ना शुभचिन्तकलाई चलचित्र मार्फत बनाएको निराशाको लागी क्षमा मागेका छन्।

अनमोलले यो घाउको मल्हम चाडै लगाउने पनि उल्लेख गरेका छन् । अनमोल लेख्छन् ,’ मलाई थाह छ ,’छड्के २’ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाए , जुन दर्शकहरुको साथाका कारण म यहाँ आइपुगेँ, उहाँहरूलाई नै निराश बनाउँदा म झनै दु:खी भएको छु । ‘छड्के २’ मेरो नवौं सिनेमा थियो, यहाँसम्म आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्यो, म चुक्न पुगेँ । विश्वस्त हुनुहोस्, यो समय पनि वितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ विहानी हुन्छ ।’ अब नवौंपछिको दशौं फिल्म दशपछिको शून्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शून्यमा छु र मेरो करिअरको पहिलो फिल्म मेरो दशौं फिल्म हुनेछ । अर्थात्, मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ ।’

अनमोलको यो स्विकारोक्ति नेपाली चलचित्र र दर्शक प्रतिकको सम्मान हो। यहाँ चलचित्रको सफलताको क्रेडिट लिनलाई कलाकारको हानथाप नै हुने गर्दछ। तर आफुले अभिनय गरेको चलचित्रको असफलताको बारेमा कलाकार बोल्ने खोज्दैनन्। बोले पनि अरुको टाउकोमा दोष थोपर्ने गर्दछन्। थोर बहुत त जिम्मेवारी लिन अनमोलले देखाएको बाटोले सहयोग गर्ला कि।

प्रतिक्रिया दिनुहोस्