चलचित्र ‘बहाव’ संग जोडियो खल्ती एप


चैत्र २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बहाव’ संग खल्ती एप जोडिएको छ। सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्रको अव खल्ती एपमार्फत नेपालका २९ हलबाट दर्शकले टिकट काट्न सक्नेछन् । चलचित्रका निर्माता श्रीधर पौडेल र खल्तीका चिफ मार्केटिङ अफिसर अभिनास गुप्ताले सहकार्यको सम्झौता गरेका छन् ।


सम्झौता पश्चात अव दर्शकले काठमाडौं उपत्यकाको हकमा बिग मुभिज, क्यूएफएक्स चेनका लबिम मल, सिभिल, छायाँ सेन्टर, दरबार सिनेम्याक्स, भक्तपुर, एनआई सिनेमा लोत्से, रन्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, वान सिनेमाज, बीएसआर मुभिज, सिटीम्याक्स सिनेमाज, विश्वज्योति सिनेमाजमा गई दर्शकले खल्ती एप मार्फत टिकट काट्न सक्नेछन् ।

चितवनको क्यूएफएक्स जलमा, चितवन सिनेप्लेक्स, पोखराको पोखरा सिनेप्लेक्स, मिडटाउन सिनेमाज, बुटवलको क्यूएफएक्स बुटवल, आइएनआइ सिनेमाज, द्वारिका उदय सिनेमा, भ्यूज सिनेमाज, क्युएफएक्स विराटनगर, सिटी सिनेमाज, धरानको फ्रेण्ड सिनेमाज, दमौलीको क्यूएफएक्स दमौली, नेपालगञ्जको क्यूएफएक्स बागेश्वरी र बिर्तामोडको क्यूएफएक्स वान स्टपमा खल्ती एप प्रयोगकर्ताले सहजै टिकट काट्न सकेनछन्।

सम्झौता अनुसार चलचित्रसँग सम्बन्धित प्रश्नोत्तरलगायत विभिन्न क्रियाकलापहरु खल्ती एपमार्फत गरिने छन् । खल्ती प्रयोगकर्ताले चलचित्रका विभिन्न क्रियाकलापहरुमा सहभागी बनी चलचित्रको टिकट लगायत विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

हाल खल्तीको फेसबुक पेजमार्फत चलचित्र ‘बहाव’ सम्बन्धी प्रश्नोत्तरको जवाफ दिई भाग्यशाली ५ जनाले पुरस्कार जित्न सक्नेछन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा बनेको चलचित्रमा प्रमोद कंडेलको लेखन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्