‘ज्याकीः आई एम ट्वान्टी वान’ पोष्टरमा जसिता


बैशाख २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ का सार्वजनिक टिजर र पोष्टरले राम्रो चर्चा बटुलिरहेको छ। धिरज मगरलाई फिचर गरिएका प्रचार सामग्री दर्शकले रुचाएका छन्। केहि प्रचार सामाग्रीमा जसिता गुरुङ्ग अटाएकी थिइनन्। निर्माण टिमले यतिबेला जसिता गुरुङ्गको फस्टलुक सार्वजनिक गरेको छ।

सार्वजनिक पोष्टरमा जसितालाई ‘रुवी’ पात्रको रुपमा प्रस्तुत गरिएको छ। सार्वजनिक हुदै आएका भन्दा भिन्न लुक्समा जसितालाई प्रस्तुत गर्न निर्माण टीमले मिहेनत गरेको छ।

आइकोर फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन्। रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्