हरिवंश आचार्यको ‘काउली’ मा प्रियंका र प्रकाश


नेपाली कलाकारिता क्षेत्रमा सर्वाधिक सम्मानित व्यक्ति हुन्, हरिवंश आचार्य। अभिनय, लेखन, गायन हरेक विधामा अब्बल रहेका हरिवंशको नयाँ गीत ‘काउली’ सार्वजनिक भएको छ।

हरिवंशको शब्द/ संगीत रहेको गीतमा उनलाई शान्ती श्री परियारले आवाजमा साथ दिएकी छिन् । टिपिकल लोकल शब्द उठाएर सृजना गर्न रुचाउने हरिवंशको यो गीत कर्णप्रिय बनेको छ।

सरोज ओलीको निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ। प्रियंका कार्की र प्रकाश सपुत फिचर भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी र कन्सेप्ट रहेको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्