‘ज्याकी : आई एम ट्वान्टी वान’ मा देखिएको धिरज र जसिताको मिहेनत (भिडियो)


धिरज मगर र जसिता गुरुङ्गले पहिलोपटक सहकार्य गरेको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ बैशाख २१ गतेबाट रिलिज हुदैछ। चलचित्रका सार्वजनिक प्रचार सामाग्रीमा दुवैको मिहेनत स्पष्ट रुपमा देखिएको छ। दर्शकको चासो र कौतुहलता अझ बढ्दै गएको छ। रेनशा वान्तवा राईले निर्देशन गरेको चलचित्रमा उनले गरेको मिहेनत पनि स्पष्ट देखिन्छ। रेनशा र उनको टिम चलचित्रलाई लिएर उत्साहित रहेको छ।

पहिलोपटक नेपालमा डान्स ड्रमामा निर्माण भएको चलचित्रको नयाँ गीत रिलिज भएको छ। निर्माण टिमले सार्वजनिक गरेको ‘योद्धा’ बोलको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । गीतमा युनिक प्वेट लाई पनि दर्शकले सुन्न सक्नेछन्।

गीतको भिडीयोमा चलचित्रका प्रमुख पात्र धिरज र जसिताको मिहेनत पनि गज्जबको देखिएको छ। रेनशाले आफ्नो कम्फर्ट जोन र चलचित्रमा चलिरहेको ट्रेन्ड भन्दा बाहिर निस्किएर चलचित्र र गीत निर्माणमा लागेको स्पष्ट देखिन्छ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा लागनीमा आइकोर फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको छ। द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । बैशाख १ गते चलचित्रको ट्रेलर रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्