हाम्रो टिम कहिले छुट्दैन- पूजा शर्मा


नेपाली चलचित्र क्षेत्रमा सफल टिमको रुपमा रहेको छ अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापा । ‘मधुमास’ देखि ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा यी दुईले धरै सफलता र असफलताको स्वाद चाखिसकेका छन् । केहि समय अगाडी निर्देशक सुदर्शनले बिहे गरेपछि दुवैको सम्बन्ध चिसिएको अड्कलबाजी गरिएको थियो। तर यसको जवाफ पूजाले पोष्ट गरेको एक तस्विरले दिएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीतको सुटिङ्ग चितवनको माडीमा केहि समय अगाडी गरिएको थियो ।

कोरोनाका कारण लगातार प्रदर्शन मिति रोकिएको चलचित्र माघ १९ पछी रिलिज तयारीमा थियो । निर्माण टिम पुन प्रमोशनको तयारीमा थियो। सोहि दौरान चितवनको माडीमा पल र पूजा फिचर्ड प्रमोशनल गीत खिचिएको हो । पूजाले आफ्नो फेसबुकमा अभिनेता पल शाह र निर्देशक सुदर्शन थापासंगको फोटो पोष्ट गर्दै एउटा दरिलो टिमका कारण आफु यहा पुगेको र यो टिम कहिले नछुट्ने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्