‘मायाको रातो रुमाल’ मा बर्षा शिवाकोटी


गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक भएको छ। चन्द्र भट्टचनको शब्द रहेको गीतमा ज्योती प्रकाशको संगीत रहेको छ। गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतमा वर्षा सिवाकोटी र अस्तित्व भट्टचन फिचर रहेका छन् ।

वर्षा र अस्तित्वको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियो रोचक देखिएको छ । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर करेक्सन र विष्णु अधिकारीको एरेन्ज रहेको छ।

प्रतिक्रिया दिनुहोस्