अभिनयमा फर्किएका पल शाह लेख्छन् , ‘आँशु बनि नखस कैले नि’


अभिनेता पल शाह औपचारिक रुपमा काममा फर्किएका छन् । एक बर्षको कारागार बसाइपछी फागुन १५ मा रिहा भएका पल शाह म्युजिक भिडियो मार्फत अभिनयमा फर्किएका हुन् । मुस्ताङमा बिहिबार भिडियोको छायाँकन सुरु भएको छ । केन्द्र मोसन पिक्चर्सको निर्माणमा तयार हुने ‘आँशु बनि नखस कैले नि’ भिडियोमा पल मोडल सनिशा भट्टराईसंग देखिएका छन्। सनिशा केहि हिट म्युजिक भिडियोमा देखिएकी छिन् ।

सुटिङ्गको हिसाबले यो पलको पहिलो भिडियो भए पनि रिलिजको हिसाबले भने ‘तिमीलाई हेर्ने बानी पर्यो’ को फिमेल भर्सन हुने बताइएको छ ।
अभिनयमा फर्किएको जानकारी पलले आफ्नो सामाजिक संजाल मार्फत गराएका छन् । उनले मोडलसंगको फोटो पोष्ट गर्दै गीतको बोललाई क्याप्सनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्