बर्ष २०७९ को अन्तिम रिलिज ‘बहाव’, सोलो रिलिजको फाइदा कस्तो होला ?


बर्ष २०७९ को अन्तिम रिलिजको रुपमा चलचित्र ‘बहाव’ प्रदर्शनमा आएको छ। मल्टीप्लेक्समा औषत शोज पाएको चलचित्र ‘वर्ड अफ माउथ’ का कारण राम्रो हुने अपेक्षा राखिएको छ। प्रिमियरमा राम्रो प्रतिक्रिया बटुलेको चलचित्रमा सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छिन्।

फरक पात्रमा जीवन्तता भर्न माहिर मानिएकी सुरक्षाले यो चलचित्रमा पनि इमानदार प्रयास गरेकी छिन्। परम्परागत काथ्यन शैली भन्दा भिन्न कोसिस गरेको चलचित्रले स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथा बोलेको छ। प्रमोद कंडेलको लेख्न तथा निर्देशन रहेको चलचित्रलाई संचारकर्मी श्रीधर पौडेलले निर्माण गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा सुरक्षाको साथमा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्