चलचित्र क्षेत्रका दुई तस्विर जसले वकयुद्ध सकिदै हार्दिकताको संकेत दर्शाउछन्


नयाँ बर्ष २०८० को आज दोश्रो दिन। नेपाली चलचित्र क्षेत्रका लागी पहिलो दिन नै सुखद रह्यो । रिलिज भएका चलचित्रका उत्साहजनक व्यापार देखि राष्ट्रपती बाट नेपाली कलाकारलिई विभूषण र पदावी वितरण समेत भयो। बर्षको सुरुवात हुदै गर्दा नेपाली चलचित्र क्षेत्र सम्बन्धी दुई तस्विर चर्चित बने। चलचित्र विकास वोर्ड अध्यक्ष भुवन केसी र नायक प्रदिप खड्का बिचको शितयुद्धको चर्चा बर्ष २०७९ भरि रह्यो। एक अर्कालाई शब्द वाणको प्रहार लामै समय चल्यो। प्रदिप खड्काले बोड अध्यक्षको राजिनामा सार्वजनिक कार्यक्रममा नै मागेका थिए।

तस्वीर : सोनितराज ढुंगेल


झन्डै ६ महिनापछि दुवैको अंकमालको तस्विर बाहिरिएको छ। ग्यालेक्सी एक्सिलेन्स अवार्ड समारोहमा दुवैको संवादहिनता तोडिएको हो। अवार्ड समारोहमा भुवन प्रमुख अतिथि रहेका थिए। प्रदिप सम्मान लिन स्टेज चढेका थिए। प्रदिपले भुवनसंग हात मिलाए र दुवैले अंकमाल गरे। सहजता नदेखिए पनि यसले सकारात्मक संदेश भने प्रवाह पक्कै गर्छ।

अर्को तस्विर बैशाख १ गतेको रहेको छ। महानायक राजेश हमला र ‘छक्का पन्जा’ टीमलाई लिएर विवाद धेरै चर्किएको थियो। महानायकको पदावी र उपस्थिति माथि दिपकराज गिरि र दिपाश्री निरौलाले सम्मान नगरेको भन्दै आम दर्शकले कमेन्ट गरेका थिए। राष्ट्रपतिले गरेको मानपदवी, अलंकार र पदक वितरण कार्यक्रममा दिपकराज गिरि र राजेश हमाल दुवैको उपस्थिति रहेको थियो। दिपकराज गिरिले हमालसंगको तस्विर पोष्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्