‘यथार्थ खुलाउनेछु, समय आउदैछ’- समिक्षा अधिकारी


गायिका समिक्षा अधिकारीले आफ्नो गायनले धेरैको मन जित्न सफल भएकी छिन् । लगातार हिट गीत दिएर छोटो समयमा लोभलाग्दो क्रेज बनाएकी समिक्षा आफ्नो सामाजिक संजालका पोष्टका कारण पछिल्लो समय झन् चर्चामा रहदै आएकी छिन् । अहिलेका चल्तीका नायक पल शाहसंग नाम जोडिएपछी लगातार चर्चामा रहेकी समिक्षाले मिडियामा सम्बन्धको चर्चा सुरु भएपछी यो सवै कपोकल्पित भएको बताएकी थिइन् । केहि दिन अगाडी उनले नारीलाई कमजोर नठान्न भन्दै स्टाटस लेखेकी थिइन् । लगत्तै केहि लाइन सहित ‘विस्तारै मुकुण्डो खुल्नेछ’ भन्ने स्टाटस लेखेकी थिइन् । सामाजिक संजालमा धेरैले पल शाह लक्षित स्टाटस भएको प्रतिक्रिया दिदै आएका थिए ।

उनले केहि महिना अगाडी लेखेको स्टाटसमा पल शाह आफ्नो अभिभावक जस्तो भएको र आफू उनको फ्यान भएको उल्लेख गरेकी थिइन् । तर उनले आज अर्को एक स्टाटस लेख्दै सो स्टाटस कसैको अनुनयमा लेखेको बताएकी छिन् । उनले पुरानो स्टाटसको स्क्रिनसट पोष्ट गर्दै बिहिबार उक्त कुरा लेखेकी हुन् उनि लेख्छिन्, ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’

समिक्षाको यो स्टाटस पलसंग जोडिएर आएको हल्लालाई झन् यथार्थ रहेको संकेत दिन्छ ।

प्रतिक्रिया दिनुहोस्