१० चलचित्र : व्यापारिक हिसाबले यो बर्ष बन्न सक्छन् अब्बल


बर्ष २०८० को सुरुवाती दिन नै नेपाली चलचित्रका लागी सुखद बनेको छ। बैशाख १ गते रिलिज भएको चलचित्र ‘जारी’ ले दर्शकको उत्साहजनक साथ पाएको छ। सुपरहिट चलचित्रको रुपमा यसले आफुलाई प्रस्तुत गरिसकेको छ। उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा रहेका छन्। देश तथा विदेशमा अहिले पनि यो चलचित्र दर्शकको उच्च साथमा पाएर प्रदर्शन भैरहेको छ।

यो बर्ष प्रदर्शनमा धेरै अपेक्षाकृत चलचित्र प्रदर्शन हुने तयारीमा रहेका छन्। कोहि ब्राण्ड भ्यालु त कोहि स्टारकाष्टका कारण चर्चामा रहेका छन्। आज हामी केहि चलचित्रको बारेमा चर्चा गर्न लागिरहेका छौ , जसले हलमा दर्शकको राम्रो साथ पाउने र व्यापारिक हिसाबले सफल हुने आंकलन गरिएको छ।

१. ज्याकी : आई एम ट्वान्टी वान

रिनाशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्र स्टारकाष्ट र प्रचार सामाग्रीका कारण चर्चामा रहेको छ। धिरज मगर र जसिता गुरुङ्ग मुख्य भूमिकामा रहेको चलचित्रलाई नेपालको पहिलो डान्स ड्रामाको बारेमा चित्रण गरिएको छ। फरक शैलीमा कथन गरिएको चलचित्रलाई लिएर दर्शक उत्साहित रहेका छन्। अझ धिरज र जसिताको पहिलो सहकार्यले पनि दर्शकलाई चलचित्र प्रति चासो बढेको छ। चलचित्र बैशाख २१ गतेबाट रिलिज हुदैछ। चलचित्रले सुरुवाती दिनमा आशातित व्यापर भने गर्न सकेको छैन।

२. पशुपति प्रसाद २: भष्मे डन


रिलिजको समयमा सुपरहिट बनेको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण घोषणा देखि नै चर्चामा रहेका छन्। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ। खगेन्द्र लामिछानेको कथा र लगानी रहेको चलचित्र दशैको फूलपातीबाट रिलिज हुने तयारीमा रहेको छ।

३. दिमाग खराब


लुट निर्देशन मार्फत आफुलाई स्थापित गरेका निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार हुने चलचित्र ‘दिमाग खराब’ बर्षमा अर्को हिट हुने चलचित्रको रुपमा हेरिएको छ। सौगात मल्ल, दयाहाङ्ग राई, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहने बताइएको चलचित्र यहि बर्षको तिहारमा रिलिज हुने तयारीमा रहेको छ।

४. भगवत गीता


झरना थापाको निर्देशनमा तयार हुदै रहेको चलचित्र ‘भगवत गीता’ यतिबेला सुटिङ्गमा रहेको छ। धिरज गुरुङ्ग, सुहाना थापा र विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र यहि बर्ष रिलिज हुने चर्चामा रहेको छ। झरना हिट चलचित्र दिन सफल निर्देशकको रुपमा रहेकी छिन्। यो चलचित्रले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ।

५. कामिनो


दिपक वलीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कामिनो’ स्टारकाष्ट र कथासारको कारण चर्चामा रहेको छ । सौगात मल्ल, प्रदिप खड्का, बर्षा शिवाकोटी, नीति शाह, राजबल्लभ कोईरला लगायतको अभिनय रहने चलचित्र चाडै सुटिङ्गमा जाने बताइएको छ। यो चलचित्र बक्स अफिस र समीक्षात्मक हिसाबले अब्बल हुने आंकलन गरिएको छ।

६. छक्का पन्जा समूह

छक्का पन्जा समुहको निर्माणमा यो बर्ष नयाँ चलचित्र निर्माणको तयारीमा रहेको छ। छक्का पन्जा ४ को सफलता पछि यो टीम नयाँ चलचित्र निर्माणको आन्तरिक गृहकार्यमा रहेको बुझिएको छ। यहि बर्ष चलचित्र रिलिजको सोचमा निर्माण टिम रहेको बुझिएको छ।

७. नाङ्गो गाउँ

दयाहाङ राई र मिरुना मगरको जोडी हिटको ह्याट्रिकको पर्खाईमा रहेको छ। दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ मा यो जोडी दोहोरिएको छ। सम्राज्ञी राज्य लक्ष्मी शाहा र कार्म यो चलचित्रमा रहेका छन् । सुटिङ्गको अन्तिम सेड्युलमा यो चलचित्र रहेको छ। चलचित्र भदौ २९ गतेबाट रिलिज हुदैछ।

८. डिग्री माईला


रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रमा दयाहाङ्ग राई मुख्य भूमिकामा रहेका छन्। कबड्डी टीमको निर्माणमा तयार हुने यो चलचित्र पनि व्यवसायिक हिसाबले सफल हुने आंकलन गरिएको छ। रामबाबु र दयाको साथमा कबड्डी टिम दर्शक र व्यावसयिक हिसाब दुवैले सफल रहने गरेका छन्।

९. गुलाबी


नजिर हुसैन र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘गुलाबी’ सार्वजनिक पोष्टरबाट चर्चामा रहेको छ। पारालैंगिक महिलाको कथामा निर्माण भएको चलचित्रमा नाजिर हुसैनले सो भूमिका निर्वाह गरेका छन्। चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गरेकी छन्। चलचित्र जेठमा रिलिज हुने चर्चामा रहेको छ।

१०. परदेशी २


सफल चलचित्र परदेशीको सिक्वेल पार्ट ‘परदेशी २ ‘ दशैँमा रिलिज हुने तयारीमा रहेको छ। रिलिज मिति सर्दै आएको चलचित्रको ब्राण्ड भ्यालु र कलाकारको कारण अपेक्षित राखिएको छ। नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्रमा प्रकाश सपुत, दिलिप रायमाझी, केकी अधिकारी, बर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।

यहि बर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘जारी’ व्यापारिक र समिक्षात्मक हिसाबले अब्बल बनेको छ । १५ करोड माथीको व्यापार गरेको चलचित्रको आँकडा रहेको छ। अपेक्षा गरिएका प्रसाद २ र नाइँ न भन्नु ल ६ ले सोचेजस्तो व्यापार गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्