‘नाइँ नभन्नु ल ६’ हेरेपछि आंचलको तारिफमा पल, चलचित्रमा सहकार्यको दिए संकेत


नायक पल शाह र नायिका आंचल शर्माको जोडी नेपाली रजतपटको सफल जोडी हो । ‘नाइँ न भन्नु ल ४’ बाट दुवैले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। आँप जोडीको रुपमा परिचित रहेको यो जोडी केहि चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा साथ देखिए। दर्शकको अत्याधिक प्रेम पाएको यो जोडी बिचमा छुट्टिएको थियो। आंचल शर्मा वैवाहिक जीवनमा बाँधिएपछि दुवैको सहकार्य र सार्वजनिक कार्यक्रममा भेटघाट देखिएको थिएन।


उनै पल शाह लाबिम मलमा ‘नाइँ न भन्नु ल ६’ हेर्न पुगे। आंचल शर्मा मुख्य भूमिकामा रहेको आफ्नो डेव्यु ब्राण्डको छैटौ सिरिज हेरेपछि पल आंचलको तारिफमा थाकेनन्। आंचल र पल संगै बसेर चलचित्र हेरेका थिए। दुवैको यो सार्वजनिक भेट झन्डै तीन बर्षपछिको हो। उनले आंचलको वरिपरि नै चलचित्र घुमेको र आंचलको काम बेष्ट लागेको बताए। आंचलको अभिनय स्किल राम्रो भएको र नव- नायक संगको जोडी समेत सुहाएको पलले प्रतिक्रिया दिए। उनले आंचलसंग आफ्नो सबैभन्दा बढी केमेष्ट्री रुचाईएको भन्दै भविष्यमा सहकार्य हुने समेत बताए ।

नायिका आंचल शर्माले पनि चलचित्र सहकार्य हुनसक्ने संकेत गरिन्। त्यस्तै आंचलले नेपाली चलचित्रको आफ्नो एकमात्र साथी पल रहेको बताउदै आएको र सोहि साथी साथ दिन आएको भन्दै आभार समेत प्रकट गरिन्।

प्रतिक्रिया दिनुहोस्