‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर कस्तो छ ?


जेठ १२ गते रिलिज तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा हुक्का प्रेम, पुर्खा धाकमा चलेको जीवन र उतारचढावका दृश्य संगै केहि मर्मस्पर्शी दृश्य समेटिएको छ।

प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घर भित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि चलचित्रले पारिवारिक विषयलाई उठान गरेको प्रष्ट बुझ्न सकिन्छ ।


स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन रहेको छ। चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र सम्वाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन छ ।

प्रतिक्रिया दिनुहोस्