कमब्याक भिडियोमा पल शाहले देखाए आफ्नै रियल कथा


अभिनेता पल शाहको कमब्याक भिडियो सार्वजनिक भएको छ। ‘तिमीलाई हेर्ने बानी’ पर्यो बोलको गीतको फिमेल भर्सन बाट पलले अभिनयमा कमब्याक गरेका छन् । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको हिट गीतको फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएकी छिन्।

पल शाहको नै कथा र निर्देशनमा बनेको भिडियो शाहको रियल लाइफमा घटेको घटनाको सारांश अंश प्रस्तुत गरिएको छ। १ बर्षको जेल जीवन बिताएर बाहिरिएका पल शाहको सोहि कथा वरपर गीतको भिडियो प्रस्तुत गरिएको छ। पल शाहले भोगेको जेल जीवन र यसले परिवार, साथीभाई र प्रेमीकाको जीवन र दैनिकीमा पारेको प्रभाव भिडियोमा प्रस्तुत गरिएको छ। शान थापाको सह- निर्देशन रहेको भिडियोमा पलको प्रेमीकाको भूमिकामा सनिशा भट्टराई फिचर रहेकी छिन् । भिडियोमा सूर्यमाला खनाल, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ। राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई अर्जुन तिवारी र उनको टीमले खिचेको छ।

प्रतिक्रिया दिनुहोस्