धिरज र सुहानाको ‘भगवत गीता’ भदौ २९ मा रिलिज तय


बर्षको प्रतिक्षित मानिएको चलचित्र ‘भगवत गीता’ भदौ २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, धिरज मगर र सुहाना थापा मुख्य भूमिकामा रहेका छन्। सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र ब्यानरका कारण नै प्रतिक्षित रहेको छ ।

थापा नेपाली चलचित्र क्षेत्रका सफल निर्माता हुन्। निर्देशकीय हिसाबले झरनाले ‘ए मेरो हजुर’ का सफल सिरिज निर्देशन गरेकी छिन्। धिरज र सुहानाको जोडी पहिलोपटक स्क्रिनमा देखिदैछ। यो निर्माण टीम र कलाकारका लागी नै महत्वपूर्ण रहेको छ। विपिन र धिरजका पछिल्ला चलचित्र असफल भएका छन्। सम्भावना बोकेका नायकको रुपमा हेरिएका धिरजको करियरमा यो चलचित्र हिट हुन् आवस्यक रहेको छ। होम प्रोडक्सनका मात्रै चलचित्रमा अभिनय गर्ने सुहानालाई आफ्नै ब्यानरलाई प्रमाणित गर्नुपर्ने चुनौती समेत रहेको छ । चलचित्रको महत्वपूर्ण भूमिकामा रहेका अभिनेता विपिन कार्कीलाई पनि फ्लपको दुख मेटाउनु पर्ने रहेको छ।

यहि मितिमा दिपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ रिलिजको तयारीमा रहेको छ। ह्याट्रिक हिटको पर्खाइमा रहेका दयाहाङ राई र मिरुना मगरको जोडी चलचित्रमा रहेका कारण पनि नांगो गाउँ प्रतिक्षित रहेको छ।

प्रतिक्रिया दिनुहोस्