प्रिमियरमा रुचाईएको ‘हल्कारा’ हलमा रिलिज


अन्तराष्ट्रिय अवार्ड देखि प्रिमियर सम्म उत्कृष्ट बनेको चलचित्र ‘हल्कारा’ आजबाट हलमा रिलिज भएको छ। चिठी लिएर घर-घरमा हुलाकी पुग्ने समयको कथा बोकेको चलचित्र इतिहासको जानकारी गराउन र पछिल्लो पुस्तालाई त्यो समय र अवस्थिति चित्रण गर्न महत्वपूर्ण हुनेछ। इन्टरनेट पुस्ताको समयमा पुरानो सेटिङ्ग र कथामा निर्माण भएको चलचित्रले अन्तराष्ट्रिय अवार्ड र प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ।

परदेशीले पठाएको चिठी लिएर गाउँ- गाउँमा पुग्ने हुलाकीले चिठी पुर्याउने क्रममा भोग्ने उतारचढावको कथा चलचित्रले बोकेको छ। विक्रम सापकोटा लेखक, निर्देशक तथा सम्पादक रहेको चलचित्रमा महेश त्रिपाठी, बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको अभिनय चलचित्रमा रहेको छ। कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा चलचित्र निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्