दर्शकले रुचाउदै पल र सनिशाको जोडी, दोश्रो गीत यस्तो बन्यो


नायक पल शाहको कमब्याक भिडियो जति चर्चामा रह्यो त्यति नै चर्चा भिडियोमा रहेकी मोडल सनिशा भट्टराईको जोडी संग रह्यो। पल र सनिशाको रिल जोडीलाई दर्शकले रुचाए। पहिलो भिडियोमा नै केमेष्ट्री रुचाइएको यो जोडीको दोश्रो भिडियो सार्वजनिक भएको छ।

ऋषि खड्का र अनु चौधरीको आवाजमा रहेको ‘आँशु बनि नखस कहिले नी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा ऋषिको शब्द र संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा पल र सनिशाको जोडीलाई दर्शकले प्रसंसा गरेका छन्। भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। केन्द्र मोसन पिक्स्चर्सको प्रस्तुतीमा भिडियो निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्