अनमोल र धिरज चलचित्रमा व्यस्त, पलले गरेका छैनन् कुनै चलचित्र साइन


समकालीन कलाकारको चर्चा र तुलना हुनु सामान्य हो। स्टारडम बोकेका कलाकारको चलचित्र संख्या, अभिनय क्षमता र दर्शकको मायाको तुलना हुनु सामान्य बिषय हो। पछिल्लो पुस्तामा अनमोल केसी, धिरज मगर र पल शाहको चर्चा उचाइमा रहेको छ। अनमोल र धिरज लगातार चलचित्रमा सक्रिय रहेका छन्। दुवैका पछिल्लो समय केहि चलचित्र फ्लप बने। तर पनि दुवैलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताको कमी भएको छैन।

अनमोल हेमराज बिसी र सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने २ चलचित्रमा फाइनल भैसकेका छन्। होम प्रोडक्सनको अर्को चलचित्रको तयारी समेत भैसकेको छ। धिरज मगर झरना थापाको निर्देशनमा तयार हुने चलचित्रको सुटिङ्ग गरिरहेका छन्। किरण नेपालीको निर्माणमा तयार हुने एक चलचित्र र दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र धिरजले साइन गरेको बुझिएको छ।

पल शाह १ बर्ष जेल जीवन काटेर आग्नो व्यक्तिगत र व्यवसायिक जीवन अगाडी पुरानै लयमा अगाडी बढाउने कोसिसमा रहेका छन्। उनका केहि म्युजिक भिडियो सार्वजनिक भएका छन् जसलाई दर्शकले रुचाएका छन्। अन्य केहि भिडियो सार्वजनिक हुने तयारीमा रहेका छन्। चलचित्रमा व्यस्त रहंदा पनि पलले म्युजिक भिडियोलाई साइड लगाएका थिएनन्। पलको कमव्याक चलचित्र कुन हुने हो भन्ने धेरैको चासो रहेको छ। उनी जेल भित्रै रहंदा केहि चलचित्रमा काम गर्ने चर्चा रहेको थियो। तर यतिबेला सबै चलचित्रको चर्चा सेलाएको छ भने पल स्वयंले कुनै नयाँ चलचित्र साइन गरेको खबर समेत सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्