A vertical shot of the black cat in the dark darkness

दर्शकलाई चलचित्र ‘हुक्का’ को ‘वाच एण्ड वीन’ अफर


शुक्रबारबाट रिलिज हुने चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ। यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ ।

अफरअनुसार दर्शकले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा नेपाल भरका दर्शकमा लागु हुने छ ।

त्यस्तै चलचित्र हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर ‘#nepalimoviehookah12’ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले चलचित्रको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।

यो सुविधा असोज २८ गतेसम्म रहेको छ । शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे, सन्तोष कुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । चलचित्रको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्