A vertical shot of the black cat in the dark darkness

सनिशासंग पलको तेश्रो भिडियो, लगातारको सहकार्य कस्तो बन्यो?


नायक पल शाह अभिनित म्युजिक भिडियो लगातार रिलिज भैरहेका छन्। कमब्याक भिडीयोसंगै उनकै भाषामा भन्दा तेश्रो भिडियो उनको रिलिज भएको छ। १ बर्षको जेल जीवन पश्चात उनले ‘तिमीलाई हेर्ने बानि पर्यो’ को फिमेल भर्सनलाई आफ्नो पहिलो भिडियोको रुपमा चित्रित गरेका थिए।

‘सक्छौ र तिमि म बिना बच्न’ बोलको नयाँ भिडियो सार्वजनिक भएको छ । नरेश बुढाथोकीको आवाजमा रहेको नयाँ गीतमा राम अविरलको शब्द र सन्तोष सुनारको संगीत रहेको छ।

विकास सुवेदीको कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोमा पलसंग मोडल सनिशा भट्टराई फिचर रहेकी छिन्। सनिशासंग पलको यो तेश्रो लगातार रिलिज भिडियो हो। पल सनिशासंग लगातार सहकार्य गरिरहेका छन् र दर्शकले यो जोडी रुचाईरहेका छन्। अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्