भारतीय कम्पनीले किन्यो ‘परस्त्री’ को डिजिटल राइट्स


असार १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परस्त्री’ हिन्दी डब साहित भारतमा रिलिजको तयारीमा रहेको छ । भारतमा चलचित्रको डिजिटल राइट्स (ट्रेलर र गीत) बिक्री भएको छ । हिन्दी डबको म्युजिक राइट भारतीय कम्पनी ‘बीफोरयु’ ले खरिद गरेको छ ।

निर्मात्री शर्मिला पाण्डे र कम्पनीबीच शुक्रबार सम्झौता भएको छ । चलचित्रको युट्युव प्रदर्शन अधिकार भने निर्माण टिमसंगै रहेको छ । चलचित्रको हिन्दी डबको पोष्ट प्रोडक्सनको काम यतिबेला मुम्बईमा भैरहेको छ भने चलचित्रका हिन्दी गीतमा भारतिय गायक- गायिकाले आवाज दिएका छन् । सुरज पाण्डेको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा मास्के, गौरव बिष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र के खनालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्