भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ प्रियंका, धिरज र अरुणलाई, अरु कसले के पाए ?


आइतबार काठमान्डौमा भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ सम्पन्न भयो। भारतीय राष्ट्रिय गीतसंगै सुरु भएको अवार्ड समारोहमा नेपाली कलाकार देखि खेलकुदकर्मीले अवार्ड र सम्मान पत्र उचाले।

बलिउड अभिनेत्री भाग्य श्री, चर्चित कलाकार रञ्‍जित रे, विन्दु दारा सिंह अवार्डमा सहभागी हुन नेपाल आएका थिए। अभिनेत्री प्रियंका कार्की, श्रद्धा क्षेत्री, नायक धिरज मगर, अरुण क्षेत्री, बरिष्ठ कलाकार हरिबंश आचार्य, संगीतकर शम्भुजित बास्कोटा, राष्ट्रिय क्रिकेट टोलिका पुर्व कप्तान परास खड्का लगायतले विभिन्न शिर्षकमा अवार्ड र सम्मानपत्र प्राप्त गरे ।

अवार्ड समारोहमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विनोद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्