‘परस्त्री’ को हिन्दी डब ट्रेलर कस्तो छ ?


नेपाली भाषामा केहि दिन अगाडी रिलिज भएको चलचित्र ‘परस्त्री’ को हिन्दी डब ट्रेलर भएको छ। आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलरले यौन मनोविज्ञान र अपराधको कथा बोलेको छ। शनिबार भारतीय युट्युब च्यानल बीफोरयू म्यूजिकबाट चलचित्रको हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो।

शिल्पाको बोल्ड सिनको चर्चा चलचित्रको नेपाली ट्रेलर रिलिज देखि नै भैरहेको छ भने चलचित्रको ट्रेलरले उत्साहजनक प्रतिक्रिया पनि बटुलिरहेको छ। सुरज पाण्डेको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री,अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको कथा रहेको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्